राष्ट्रियसभाको रिक्त एक पदमा आज उम्मेदवारी दर्ता हुने

काठमाडौं । राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुने भएको हो ।

उम्मेदवारी दर्ताको लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ भने आजै उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालय दाङले मिति तय गरेको छ ।

एक वर्ष अवधि रहेको राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेले उम्मेदवार सिफारिस गरिसकेका छन् । ​ कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको छ । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ ।

एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया