माइकलको बायोपिक बन्ने

न्युयोर्क । अमेरिकन पपगायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ’माइकल’ बन्ने भएको छ । सञ्चारमाध्यम डेडलाइका अनुसार हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको हो ।

यो फिल्मलाई एन्टोइन फुक्वाले निर्देशन गर्नेछन् । ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान ¥यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्नेछन् । जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन् ।

फिल्मको कथा ‘स्काइफल’ लेखक जोन लोगानले तयार पारिरहेका छन् । ‘मैले म्युजिक भिडिओबाट आफ्नो करियर सुरू गरेको थिएँ । मलाई अझै म फिल्म र संगीतको संयोजन हुँ जस्तो लाग्छ । मेरो लागि माइकल ज्याक्सन जस्तो सांगीतिक प्रतिभा भएको कुनै कलाकार छैन,’ निर्देशकले विज्ञप्तिमा लेखेका छन् । सन् २००९ मा माइकलको ५० वर्षको उमेरमा हृदयाघातको कारण निधन भएको थियो ।

प्रतिक्रिया