संसद भवन अगाडि आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए ।

प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए ।

उक्त घटनामा उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो । आगो लगाउनुअघि उनले फेसबुकमा लामो स्टाटस लेखेर विभिन्न दुःख विसाएका थिए ।

यस्ताे छ उनले लेखेकाे स्टाटस

https://www.facebook.com/premprasad.acharya.1/posts/5407275866050985

प्रतिक्रिया