महेन्द्रनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो यहाँ आइपुगेका थिए ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उनी यात्री निवास गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह र छोरी पनि सँगै थिए ।
प्रतिक्रिया