सप्तरी । जिल्लाको रूपनी गाउँपालिका राजविराज सडक खण्डको विद्युत प्राधिकरण कार्यालय नजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपनी गाउँपालिका–१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ छ ।
बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया