‘प्रहरी हौँ’ भन्दै थर्काउने दुईजना पक्राउ

बुटवल । ‘सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै अभद्र व्यवहार गर्ने दुईजनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं. ५ बागीका २० वर्षीय दीपक केसी रहेका प्रहरीले जनाएको छ ।

उनीहरुले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगायतमा चेकजाँच गर्ने, स्थानीय व्यक्तिहरुलाई डर, त्रासमा पारी गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले प्रहरीमाथि नै हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया