माधव भण्डारीले ल्याए ‘जमुना’ (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार माधव भण्डारीको नयाँ गीत ‘जमुना’ सार्वजनिक भएको छ । गायक भण्डारी र आशा उपारकोटीको स्वर रहेको उक्त साे गीतकाे म्युिजक भिडियाे ‘माधव भण्डारी’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा लय, शब्द र एरेन्ज भण्डारीकै रहेको छ । दिपक विसी रेकर्डिस्ट रहेको साे गीतमा मिक्स मास्टर भने डिका गुरुङ रहेका छन् । डिजिटल काठमाडौं स्टुडियोमा गीत रेकर्डिङ गरिएकाे हो ।

गीतको भिडियोमा नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनय रहेको छ । होम धितालले निर्देशन गरेको साे गीतकाे भिडियाेमा कोरियोग्राफी भने शिव विकले गरेका छन् ।

प्रतिक्रिया