मधेश प्रदेशका महिलाका लागि वित्तीय साक्षरता तालिम

काठमाडौं । ग्लोकल प्रालिले भारत नयाँ दिल्लीस्थित लिथुआनियाको राजदूतावास र बैंकिङ साझेदारको रूपमा नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबास सहरमा २०० महिलाहरूका लागि वित्तीय साक्षरता तालिमको ६ ब्याचमा सफलतापूर्वक सञ्चालन गरेको छ । वित्तीय शिक्षा प्रर्वर्दन र नेपालमा महिलाको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले उक्त तालिम सन्चालन गरिएको थियो ।

उक्त कार्यक्रमको समापन समारोहमा लिथुआनियाको राजदूतावास, युरोपियन युनियनका प्रतिनिधि, नबिल बैंकका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियोे।
महिलाका लागि वित्तीय साक्षरता तालिम ३ घन्टाको थियो । जसमा प्रत्येक ब्याचमा ३५ जना सहभागी थिए । ६ ब्याचका लागि सम्बन्धित क्षेत्रका अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षित गरिएको थियो । परियोजनाले उनीहरूको वित्तीय साक्षरता र वित्तीय गतिविधिको कार्यान्वयनलाई बलियो बनाउन केन्द्रित थियो । यस परियोजनाले महिलालाई आर्थिक रूपमा सुरक्षित भविष्यको लागि लक्षित गरेको पनि उल्लेख गरिएको छ ।

यस परियोजनाको मुख्य लक्ष्य महिलाहरूलाई आर्थिक रूपमा सुरक्षित बनाउने र आर्थिक स्वतन्त्रता र वित्तीय साक्षरता सम्बन्धी तालिम दिनु रहेको थियो । यस परियोजनाले नेपालका ग्रामीण समुदायमा पिछडिएका महिला समुदायमा केन्द्रित वित्तीय साक्षरता विस्तृत कार्यशालालाई सहजीकरण गर्ने उद्देश्य राखेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया