जनमत पार्टीले छान्यो समानुपातिक सांसद

काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ ।

पार्टीबाट प्रत्यक्षमा सिके राउत मात्र निर्वाचित भएका छन् । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया