ह्यारी र मेघनले पाए रिपल अफ होप अर्वाड

न्युयोर्क । प्रिन्स ह्यारी र मेघनले रोबर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाबाट रिपल अफ होप पुरस्कार प्राप्त गरेका छन्।  ‘हामीलाई थाहा छ आशाको लहर परिवर्तनको लहरमा परिणत हुन सक्छ’, न्युयोर्कमा आयाेजित एक समारोहमा  जातीय न्याय र मानसिक स्वास्थ्य कार्यको लागि पुरस्कार प्राप्त गरेपछि  ड्युक र डचेस अफ ससेक्सले भने ।

समारोहमा ह्यारी र मर्के दुबैले उनीहरूको ‘डरमा साहस र घृणामा प्रेमको विश्वास’ बारे पनि कुरा गरे ।  अभिनेता एलेक बाल्डविनले समारोहको आयोजना गरेका थिए ।
आरएफकेएचआर एउटा मानव अधिकार वकालत गर्ने संस्था हो जसले सामूहिक कारावास, जातीय न्याय र लिङ्गमा आधारित हिंसा जस्ता मुद्दाहरूमा केन्द्रित छ ।

यसले सामाजिक परिवर्तनको लागि अटल प्रतिबद्धता र समानता, न्याय र मानव अधिकारको संरक्षण र प्रबद्र्धन गर्नेलाई सम्मान गर्छ । 
 

प्रतिक्रिया