बतास अर्गनाइजेसनद्धारा अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौ । बतास अर्गनाईजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीने उल्लेख छ ।

अक्सिजन अभावका कारण कोभिड महामारीमा संक्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई ध्यानमा राख्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन महाअभियान सुरु गरेको थियो ।

बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘ १ सय रुपैया दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउस र पोखरेली जनसमुदायको सहभागिता मार्फत ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेको पनि जनाएको छ ।

प्रतिक्रिया