सानिमा बैंकको १८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सानिमा बैंकले विविध कार्यक्रम आयोजना गरी १८ आंै वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रुपमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान पत्र प्रदान गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत कर्मचारी तथा अन्य सरोकारवालामा कृतज्ञता व्यक्त गरेको पनि बैकले जनाएको छ । आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने जानकारी गराएका थिए ।

उक्त कार्यले कर्मचारीको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादन मार्फत ग्राहक सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताको सहभागितामा सम्पन्न भएको हो ।

त्यसैगरी आगामी पुष ९ सम्म देशका सातै वटा प्रदेशमा रहेका शाखा मार्फत रक्तदान कार्यक्रम संञ्चालन गर्ने प्रबन्ध मिलाइएको पनि बैकले जनाएको छ । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको पनि जानकारी दिएको छ । वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा संचालनमा ल्याएको बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया