बिबिसी सयमा प्रियंका

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा ‘बिबिसी १०० विमेन २०२२’ को सूचीमा पर्न सफल भएकी छन् । पूर्वविश्व सुन्दरीसमेत प्रियंकाले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी सन् २००२ देखि चलचित्र क्षेत्रमा निरन्तर सक्रिय छन् । सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज ‘क्वान्टिको’ मार्फत् अभिनेत्री प्रियंकाले हलिउडमा पाइला चालेकी हुन् । हलिउड चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एसियाली अभिनेत्रीको रूपमा उनले इतिहास रच्न सफल भएकी छन् । उनले हलिउडकै ‘इजन्ट इट रोमान्टिक’ र ‘द म्याट्रिक्स रिसरेक्सनस्’ मा पनि अभिनय गरेकी छन् । यस्तै, प्रियंकाले पनि चलचित्र निर्माण कम्पनी खोली भारतमा चलचित्र बनाउँदै आएकी छन् । उनी युनिसेफकी सद्भावना दूतसमेत हुन् । यसमार्फत् उनले बालबालिकाको अधिकारका साथै उनीहरूको शिक्षाको निम्ति अभियान सञ्चालन गर्छिन् ।

प्रतिक्रिया