किन चुनाव हार्यो एमालेले ?

अनुषा थापा

जब बालेनले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर र महानगर प्रहरी पठाएका थिए । एमालेका कार्यकर्ता, पार्टी अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतका गुण्डा त्यहाँ हातहतियारसहित तयार भए बसे । आन्दोलनको भिडमा सुकुम्बासी नभई एमालेका कार्यकर्ता थिए । नगर प्रहरीमाथि ढुंगामुढा गर्ने र हातपात गर्ने सबै एमालेका कार्यकर्ता हुन् । ओली र बस्नेतले आफ्नो कार्यकर्ता खटाएर नगर प्रहरीको टाउको फुटाए । उनीहरूलाई मारपिट गरे ।

काठमाडौं, भक्तपुर र ललितपुर गरेर जम्मा १५ वटा निर्वाचन क्षेत्र छन् । मंसिर ४ गतेको चुनावमा नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मात्र हात पारेको छ । अन्य सबै क्षेत्र एमालेले गुमायो । ०४८ देखि ०७४ सालसम्म निरन्तर चुनाव जित्दै आएको क्षेत्रबाट पनि एमालेले हात हटाउनुप¥यो । ०७९ सालको चुनावमा एमाले धेरै क्षेत्रबाट पराजित भयो । एमालेले काठमाडौं उपत्यकामा चुनाव हार्नुको कारण महेश बस्नेत हुन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ठिक पार्ने भन्दै धम्क्याएका थिए । बस्नेतले मेयर शाहलाई चुनौती दिएका थिए । उनलाई त्यति गाली गर्दा वा तर्साउन खोज्दा काठमाडौंका मतदाताले एमालेलाई ठिक पारिदिए । यता, भत्तःपुर क्षेत्र नम्बर २ बाट बस्नेत पराजित हुनुको कारण पनि यही हो ।

मेयर शाहलाई गाली गरेपछि त्यो कुराले काठमाडौंको मात्र नभई भक्तपुरका जनताको पनि मनमा परेको थियो । भक्तपुरका मतदाताले त्यसैले बस्नेतलाई ठिक ठाँउ देखाइदिएका हुन् । राजनीतिक दलका मेयरले केही काम नगरेपछि काठमाडौंका मतदाताले स्वतन्त्र चुनेका थिए । बालेनलाई ६३ हजार १ सय ६७ मत दिएर विजयी गराएका थिए । बालेनले विजयी हुनेबित्तिकै देशभरका जनता उत्साहित भएका थिए ।

उनले मेयरको शपथ खानेबित्तिकै आफ्नो कामलाई अघि बढाए । उनको काम देखेर देशभरका जनता हर्षित भएका थिए । उनले सबैको ध्यान आफ्नोतिर खिचेका थिए । काठमाडौंको मतदाताको शिर ठाडो भएको छ । भुरादेखि बुढासम्म सबै बालेनको पक्षमा देखिन्छन् । आफू जुनसुकै पार्टीको भएपनि आखिर सबैलाई चाहिएको त विकास नै हो । त्यसैले पनि बालेनले के गर्छन् ? भनेर जनता पर्खिरहेका हुन्थे ।

चिया पसल, चौतारा, सार्वजनिकस्थल सबैतिर बालेनकै चर्चा थियो । बालेनजस्तो व्यक्तिले देशको मुहार फेर्छन् भन्नेमा जनता निकै नै आशावादी थिए । बालेनलाई असफल बनाउनका लागि एमालेका केशव सिंह र नेपाली कांग्रेसकी सिर्जना सिंहले फोहोरमा पनि राजनीति गरे । आफू पराजित भएको आवेग त यिनीहरूमा थियो नै । तर, यसको मार जनताले खेप्नुप¥यो ।

बालेनलाई फोहोर उठाउन दिएनन् । तर, उनी हरेक चुनौती र योजनालाई चिर्दै आफू अघि बढे । खुट्टा तान्दातान्दै पनि उनले फोहोर उठाएरै छाडे । फुटपाथभरि पसल सञ्चालनमा थियो । उनले त्यो हटाए । अहिले पैदल यात्रीलाई निकै सहज भएको छ । यता, उनले बेसमेन्ट पार्किङ पनि खाली गराएरै छाडे । काठमाडौंमा लामो समयदेखि पार्किङको समस्या थियो ।

तर, अहिले त्यसमा कमी भएको छ । बालेनले भवनको बेसमेण्ट पार्किङमा पार्क नै गर्नुपर्ने अन्य प्रयोजनमा लगाउन नपाइने नियम बनाइदिए । वर्षौंदेखि नउठेको कर उठाउन पनि उनी सफल भए । व्यापार व्यवसायलाई अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरे । सहकारीहरूले विगत लामो समयदेखि सर्वसाधारण ठग्दै आएका थिए । यसको छानबिन गर्नका लागि उनले कमिटी गठन गरेका छन् । यता, सरकारी जग्गा मिचेर वा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पनि अघि बढेका छन् ।

काठमाडौंका मतदाताको मत खेर नजानु नै सबैभन्दा ठूलो कुरा हो । बालेनले मतदातालाई खुसी बनाए । उनले चुनाव जितिसकेपछि हालै मात्र सम्पन्न निर्वाचनमा स्वतन्त्रहरूको ओइरो नै लाग्यो । रवि लामिछानेजस्तो व्यक्तिले बालेनले जस्तै काम गरेर देखाउँछौँ भनेर भोट मागे । एमाले र महेश काठमाडौंमा चुनाव हारेको रिस बोकेर बसेका छन् । बालेनकै कारणले मैले चुनाव हारे भनेर बस्नेतको मनमा परेको छ ।
यता, एमालेका नेताहरू बस्नेतले त्यति भन्दा आफ्नो जीत गुमेको बताइरहेका छन् । जब बालेनले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर र महानगर प्रहरी पठाएका थिए । एमालेका कार्यकर्ता, पार्टी अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतका गुण्डा त्यहाँ हातहतियारसहित तयार भए बसे । आन्दोलनको भीडमा सुकुम्बासी नभई एमालेका कार्यकर्ता थिए ।

नगर प्रहरीमाथि ढुंगामुढा गर्ने र हातपात गर्ने सबै एमालेका कार्यकर्ता हुन् । ओली र बस्नेतले आफ्नो कार्यकर्ता खटाएर नगर प्रहरीको टाउको फुटाए । उनीहरूलाई मारपिट गरे । महानगरबासीले यसको विरोध गर्नुपर्छ । आफ्नो ड्युटी निर्वाह गरिरहेका नगर प्रहरीमाथि हातपात गर्ने र उनीहरूलाई घाइते बनाउने एमालेका कार्यकर्तालाई महानगरबासीले कारबाही गर्नुपर्छ ।

अबको पाँच वर्षपछिको चुनावमा एमालेले काठमाडौंबाट हात धुनुपर्छ । एमालेबाट चुनाव जितेकी उपमेयर सुनिता डंगोललगायत सबै वडाका वडाध्यक्षले हार्छन् । बालेनमाथि गरेको हर्कतको सजाय जनताले अवश्य पनि दिन्छन् । अस्तिको चुनावमा एमालेले जम्मा दुई क्षेत्रबाट चुनाव जितेको छ । अब आउने चुनावमा एमाले शून्यमा झर्छ । एमालेकै कारणले गर्दा सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसेकालाई हटाउन सकिएन ।

महानगरलाई असफल गराउन खोज्ने एमाले भएको देशभरका जनताले थाहा पाइसकेका छन् । महानगर प्रहरीले देखाएको आँट र हिम्मतलाई जनताले मानेका छन् । जनताले नगर प्रहरीलाई सलाम गर्नुपर्छ । सुकुम्बासी भनेर हुकुमबासीहरू सरकारी जग्गा मिचेर बसेका छन्, तिनलाई हटाउन नगर प्रहरीले कोशिस त ग¥यो । यो नै ठूलो कुरा हो । सुकुम्बासी भनेर काठमाडौंमा घर भएकाहरू छन् ।

छोराछोरी डाक्टर, इन्जिनियर भएकाहरू पनि सरकारको सम्पत्ति मिचेर बसेका छन् । मेयर बालेनले जसरी भए पनि सुकुम्बासी हटाउनुपर्छ । बालेनको डोजरको खाँचो बागमती किनारलाई छ । सुकुम्बासी बस्ती तुरुन्त हटाइयोस् । राजनीतिक दलहरूले सुकुम्बासीलाई भोट लिने भाँडो बनाएका छन् । मेयर बालेन र महानगर प्रहरीले सुकुम्बासी हटाउन सकेनन् भने यो एमालेका लागि भोट माग्ने मौका बन्छ ।

बालेन र नगरप्रहरीले केही गर्न सकेनन् भन्दै उनीहरूले अर्को चुनावमा यसलाई चुनावी एजेन्डा बनाउँछन् । सुकुम्बासी हटाउन पुगेका नगर प्रहरी र डोजरलाई लखेटेपछि एमालेका कार्यकर्ताहरूको मनोबल बढेको छ । अर्को चुनावमा काठमाडौंमा एमालेकै मेयर आउने दाबी गर्न थालिएको छ । ओलीको यस्तै कोठे राजनीतिले गर्दा एमाले सखाप भयो । एमाले फुटेर टुक्राटुक्रा भयो ।

काम नगर्ने अनि गुन्डा भाषाको प्रयोग गर्ने एमालेका वरिष्ठ भनिएका नेताहरू भित्तामा पुगे । महानगरको मेयर बालेनलाई ओलीले जथाभावी भनेका छन् । यसको क्षति ओलीले पाँच वर्षपछि अझै बेहोर्नेछन् पाउनेछन् । हेक्का नराखिकन उनले बालेनलाई भलिभाँती सुनाए । यसको असर उनलाई नै पर्नेछ । सुकुम्बासीको नाममा सरकारी सम्पत्ति दोहन गर्नेलाई राजनीति दलकै संरक्षण छ भन्ने त ओलीको भाषण सुनेरै प्रष्ट भइसकेको छ ।

काठमाडौंमा तीन वटा घर भएकाहरू प्नि आफ्ना घर भाडामा लगाएर सुकुम्बासी बस्तीमा छन् । आफ्नो घर भाडामा लगाएर सरकारी सम्पत्ति लुट्न पल्केकालाई ठिक ठाँउमा पु¥याउनुपर्छ । बिसौं रोपनी जग्गा भाडामा लगाएर सरकारी जग्गा मिच्न पाइन्छ ? सुकुम्बासी भन्दै सरकारी जग्गा आफ्नो नाममा ल्याउने अनि त्यहाँ घर बनाएर भाडामा दिने । यस्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यहाँ सुकुम्बासी कोही पनि छैन ।
नाटक देखाएर सरकारी जग्गा खान पल्केकाहरू । यस्तैलाई ओली साथ र समर्थन गर्छन् । सुकुम्बासी टोलमा बस्ने पनि सबै गुण्डा, ओली पनि गुण्डा ।

अनि कुरो त मिल्ने भइहाल्यो नि । केही सोचाइ नभएको व्यक्ति कसरी दुईचोटि प्रधानमन्त्री भए ? सरकारको सम्पत्ति साँच्न होइन् मास्नतिर लागेको छ, एमाले । काम नै नगरीकन जग्गा पाउने भएपछि अरू के चाहियो ? सरकारी जग्गा कसले ओगट्दैन् ? हातखुट्टा हुने मान्छेलाई कसरी सुकुम्बासी भन्ने ? काम गरेपछि पैसा कमाइछ, पैसा कमाएपछि जग्गा किन पाइन्छ । के यिनीहरूको हातखुट्टा भाँचिएको छ ? खुकुरी बोक्न सक्नेले काम गर्न सक्दैनन् ? दुःख नगरीकन जग्गा पाउने भएपछि किन सुकुम्बासी नबने ? सित्तैमा जग्गा पाइन्छ ? सरकारले सुकुम्बासीलाई जग्गा दिने नीति नै गलत छ ।

सुकुम्बासीको नाममा जति सरकारी जग्गा बाँडेको छ, त्यो सब सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ । उसले काम गरेन् भने राज्यलाई राजस्व पनि आउँदैन । उनीहरूलाई त्यही लत लाग्दै गएको छ । अरूले दुख गरेर जग्गा किनेर घर बनाएर बसेका छन् । कोठा लिएर बसेका छन् । यिनीहरू कोठा लिएर बस्नु हुँदैन् ? सुकुम्बासीको नाममा राजनीति गर्नेहरूलाई लगेर कोच्नुपर्छ ।

भूमि आयोग पनि सरकारले तुरुन्त खारेज गर्नुपर्छ । आन्दोलन गरेर भरमा जग्गा पाउने भए सबैले आन्दोलन गरौं । किन दुःख गर्ने ? भूमि आयोगका प्रतिनिधिहरू सरकारी सम्पत्ति बचाउन होइन्, सिद्धयाउन आएका हुन् । यिनीहरूले अहिले भूमि बाँड्छन्, भोलि त्यहीँबाट राजनीति गर्छन् । राजनीति दलको कारणले सरकारी सम्पत्ति मासियो । मेयर बालेनले आफ्नो क्षेत्राधिकारभित्र रहेको सरकारी जग्गा खाली गर्नुपर्छ ।

यस्तो जाबो आयोगको कुरा सुनेर केही हुनेवाला छैन् । बालेनको डोजर स्टार्ट गर्न ढिला भइसकेको छ । सुकुम्बासी हटाएरै छोड्नुपर्छ । यहाँको सुकुम्बासी हटाइयो भने देशभरकै स्थानीय तहले सुकुम्बासी हटाउँछन् । यसमा दयामाया, वार्ता गर्न मिल्दैन । रोएर जग्गा पाइन्छ ?

प्रतिक्रिया