गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा ३ उच्चस्तरीय शोरुमको उद्घाटन

काठमाडौं । नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो ।

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग र हेटौँडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नया शोरुम उदघाटन गरेको छ ।

ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नया शोरुमहरु सञ्चालनमा आएको कम्पनीले जनाएको छ । सो शोरुमहरुको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् ।

समारोहमा बोल्दै चौधरीले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो, उत्कृष्ट Performance / Unmatched Quality का कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।’ नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले भने, ‘यो नयाँ उच्चस्तरीय शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्द गराउने छौँ, ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्त प्रयोग गर्न पाउनेछन् ।’

गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको र आफूहरुले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्ने र जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्ने उनको भनाइ छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

प्रतिक्रिया