अँधेरो सुरुङतर्फ नेपाली राजनीति

मानधोज मोक्तान

राजनीति शास्त्रका विद्वान कृष्ण खनाल आफ्नो लेखहरूमार्फत विद्वता छाँटछन् । डा.भेषबहादुर थापा चुपचाप बानेश्वर हाइटबाट रमिता हेरिबसेका छन् । डा. युवराज संग्रौला निकै उफ्रिन्छन् । अच्युत वाग्ले वौद्धिक वर्गको जिम्मेवारी छैन ? भनी लेख्छन् । डा.स्वर्णिम वाग्ले, डा.गोविन्द पोख्रेलजस्ता संसार बुझेर नेपाललाई बनाउनुपर्छ भन्ने मानिसहरू पनि छन् । डा.सन्दुक रुईत, महावीर पुन र कुलमान घिसिङजस्ता व्यक्तित्वहरू पनि यहि देश नेपालभित्र छन् । जसले केही गरेर देखाएका छन् । अन्य धेरै किसिमका विज्ञहरू पनि देशमा छन् । एनआरएन अर्थात बाहिर बसेर देशभित्र केही गरौँ भन्ने नेपालीहरू पनि छन् ।

नेपाल एक जटिल भूराजनीतिक अवस्थितमा रहेको देश हो । भारत र चीनसँग रहँदै आएको नेपालको सांस्कृतिक राजनीतिक र आर्थिक सम्बन्ध नै नेपालको भूराजनीतिक अवस्था हो । यस सम्बन्धमा गोपाल खनाल आफ्नो किताब ‘भूराजनीति’ मा लेख्छन् –‘विश्वशक्ति उन्मूख चीन र रसियाली शक्ति भारत बीचमा रहेको नेपालका लागि यो भूराजनीति पहिला अवसर र त्यसपछि मात्र चुनौती हो । दुई विशाल छिमेकीको आर्थिक विकासबाट लाभ लिन सकेमा अवसर हो अन्यथा चुनौती ।’ तर दक्षिण एसिया अर्थात सार्क देशहरूमा पनि सबैभन्दा पछि परेको गरिब देश नेपालको भूराजनीतिमा बुढाखाडा ¥याल चुहाउने र गफाडीहरूको पकड भनौ या विदेशीको गोटीको रूपमा सबै देशमा लुट मच्चाएका छन् ।

दुनियाँ हाँसेका छन् । न देशमा विश्वास छ न बाहिरी संसारमा विश्वास छ यिनीहरू माथि तथापि ¥याल चुहाउँदै गफ, गर्दै र कुम हल्लाउँदै गफ गर्नेहरूको कुरा सुनेर पछि लाग्ने दृष्टिविहीन नागरिक भएको देश पनि यो नेपाल नै हो । पञ्चायतको समयमा आँखा चिन्हमा भोट लगाउने भनेको आफ्नै आँखामा चिन्ह लगाउने जनता नेपालमा छन् । तर यो देशमा विद्वान र बुद्धिजीवीहरू नभएका पनि होइनन् । सबै रमिते छन् या कुनै सञ्चार माध्यममा आफ्नो पण्डित्याईं छाँटनेहरू छन् । किन सामूहिक रूपमा यी गलत बाटोमा हिँडने र देश भल्खाडामा हाल्नेहरू विरुद्ध आवाज बुलन्द गरी तिनीहरूको गलत काम रोक्ने विषयमा जनमतसहित अघि बढने आँट किन नआएको हो ?

राजनीति शास्त्रका विद्वान कृष्ण खनाल आफ्नो लेखहरूमार्फत विद्वता छाँटछन् । डा.भेष बहादुर थापा चुपचाप बानेश्वर हाइटबाट रमिता हेरिबसेका छन् । डा.युवराज संग्रौला निकै उफ्रिन्छन् । अच्युत वाग्ले वौद्धिक वर्गको जिम्मेवारी छैन ? भनी लेख्छन् । डा. स्वर्णिम वाग्ले, डा.गोविन्द पोख्रेलजस्ता संसार बुझेर नेपाललाई बनाउनुपर्छ भन्ने मानिसहरू पनि छन् । डा.सन्दुक रुइत, महावीर पुन र कुलमान घिसिङजस्ता व्यक्तित्वहरू पनि यहि देश नेपालभित्र छन् । जसले केही गरेर देखाएका छन् ।

अन्य धेरै किसिमका विज्ञहरू पनि देशमा छन् । एनआरएन अर्थात बाहिर बसेर देशभित्र केही गरौँ भन्ने नेपालीहरू पनि छन् । देश प्रकृतिले दिएको सुन्दरतम वरदानहरूले पूर्ण छ । उत्तरमा पूर्वदेखि पश्चिमसम्म नै हिमाली शृंखलाले ढाकेको छ दक्षिणमा समतल मधेस र वन–जंगलले छुट्याएको छ । जडीबुटीको भण्डार छ । झरना र नदी नालाले देश सिंघारिएको छ । यार्सागुम्बाजस्ता प्रकृतिको अनुपम औषधि यहि देशमा उम्रिन्छ ।

यी सबको उपयोग र फाइदा तीन करोड जनतासम्म पुग्नुपर्छ भन्ने चेत कसैमा भएन । यदि त्यस्तो भइदिएको भए विश्वमा नेपालको छवि नम्बर एक हुने थियो । यी तमाम उल्लिखित सम्पदाहरू अझै पनि देशमा विद्यमान छन् । यसको संरक्षण सम्बर्धन र विकाश गरी फाइदा लिने दिशामा अब नेपाल अगाडि बढ्नुपर्छ ।

तर त्यो परिश्रमले मात्र प्राप्त हुन सक्छ । नीति नियममा व्यापक सुधारको आवश्यक छ । उसै गरी शिक्षामा । जुन देशमा आफ्नो भूगोल इतिहास पढाइँदैन । आफ्नो संस्कार र संस्कृतिबारे शिक्षा छैन त्यो देश के हुन्छ ? त्यो देशको युवा पिढीले आफ्नो देशको बारेमा के जान्दछ ? नेपाली शिर ठाडो पारेर छाती फुकाएर बोल्न सक्ने नागरिक देशले बनाउनुपर्छ अब ।

अबको युवापिढी देशको भूगोल इतिहास आफ्नो संस्कार र संस्कृतिबारे जानकार हुनुपर्छ साथै संसारबारे विभिन्न विषयको जानकारी राख्न उत्तिकै आवश्यक छ । भाषाको निपुर्णता उतिकै जरुरत पर्छ । अब त्यस्तो नेपाली उत्पादन गर्नुपर्छ देशले । अनि गर्वका साथ विश्वका कुनै पनि देशका मानिस अगाडि नेपाली भएर विनाहिचकिचाहट बोल्न सक्छ । अहिले हाम्रा देशका मन्त्री प्रधानमन्त्री विदेशमा जाँदा अंग्रेजीमै भाषण गर्छन् । तर, कागजमा लेखिएको ‘स्पेलिङ’ राम्रोसँग उच्चारण गर्नसमेत जान्दैनन् । टिभी खबरमा हेर्दा कति लज्जाबोध हुन्छ । के ‘इन्टरप्रेटर’ राखेर नेपालीमै भाषण गर्न मिल्दैन ? खोइ भारतीय प्रधानमन्त्री हिन्दीमै भाषण गर्छन त । भर्खर सम्पन्न जी–२० सम्मेलनमा हिन्दीमै भाषण दिए त । राजदूतहरू एक÷दुई अपवादबाहेक त्यस्तै केही नजान्नेहरू पठाउँछन् । राजदूतहरू जुन देशमा जान्छन् त्यो देशको भूगोल इतिहास साधारण जानकार हुनुपर्दछ त्यसदेखिबाहेक ‘म्यानर इटिकेट’ भन्ने कुराहरू जान्न उत्तिकै जरुरी छ तर हाम्रो देशमा सत्तामा पुगेकाहरूमै यी ज्ञानहरूको अभाव छ । त्यसैकारण केही नजान्ने आफ्नो नातागोता या कार्यकर्ता राजदूत बनाएर विदेशमा पठाउने गरेका छन् । तिनीहरूले के देशको प्रतिनिधित्व गर्छन् ? के बोल्छन् र देशलाई के फाइदा पु¥याउन सक्छ ? अब राजदूतहरूको भूमिकाको मूल्यांकन हुनुपर्छ । देशको सुविधा र भत्ता पचाउने तर देशका लागि कौडीको केही नगर्ने राजदूतहरू पठाउने व्यक्ति या निकाय उपर कारबाही गर्ने प्रावधान हुनुपर्छ ।

यी सबै राजनीतिक दलका शीर्ष नेताहरू कसैले सक्रिय रूपमा कसैले मौन रूपमा एक भएर एमसिसी पास गरे । एमसिसी पूर्ण रूपमा लागू हुँदा नेपालमा नेपालको कानुन नलाग्ने एमसिसीको आफ्नै नियम लागू हुनेछ । अनि देशको स्वाभिमान र सार्वभौम बेचेर देशलाई अमेरिकी उपनिवेश वनाउने यिनै दलाहरू होइन ? खोइ नेपालको राजनीति ? दक्षिण एसियामा नेपाल मात्र बृटिस साम्राज्यको घाम अस्ताएको देश थियो । विश्वसामु हामी भन्न सक्थौँ – हामी कसैको उपनिवेश बनेनाँै । तर, २१औँ शताव्दीमा आएर अमेरिकाको उपनिवेश बन्दै छ यो देश । उपनिवेश बाउने नाइकेहरू शेरबहादुर देउबा प्रचण्ड र केपी ओली हुन् । यिनीहरूलाई भूराजनीतिको के मतलब ? स्वाभिमान र सार्वभौमको के अर्थ ? एमसिसी पास गरेर देशलाई उपनिवेश बनाएको प्रति अलिकति पनि ग्लानी र पश्चात्ताप छैन यी दलालहरूलाई । अब चुनावमा स्वतन्त्र रूपमा जनप्रतिनिधिहरू भएका छन् । धेरै आशा लाग्दा अनुहारहरू आएका छन् । यथास्थितिकै पछि लाग्ने हो भने काम छैन । तर भिजनसहित आएको युवा जमातले निकै संघर्ष गर्नुपर्ने हुन्छ । मिलेमतोमै यी तीन दलालहरू झापाबाट केपी ओली, गोर्खाबाट प्रचण्ड र डडेलधुराबाट शेरबहादुर देउवा संसद् छिर्दै छन् । यिनीहरूको भूमिका निस्तेज पार्न सबै युवा पिढीका नेताहरूले निडर भई आँट गर्नुपर्छ ।

जवरजस्ती सत्तामा टाँसीरहन खोज्ने सत्तरी वर्षे बुढाहरूको काम छैन । यी सबैलाई पाखा लगाउनुपर्छ । होला विगतका केही भूमिका तर देश र जनतासँग साँवाव्याजसमेत असुलीसके । डा.स्वर्णिम वाग्ले आफ्नो पुस्तक ‘अतृप्त अवर’ मा लेखेअनुसार अब देश बनाउने समय जम्माजम्मी तीस–बत्तीस वर्ष छ । त्यसपछि सबै नेपाली जनता प्रौढ अवस्थामा पुग्छन् । सबै युवा पिढीका नेताहरूको एजेन्डा एउटै हुनुपर्छ – देश कसरी बनाउने ?

प्रतिक्रिया