कालिञ्चोकको आईपीओ बुधबारदेखि

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले मङ्सिर १४ गते बुधबारदेखि साधारण शेयर आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने आईपीओमा मंसिर २८ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउने छन् । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने कम्पनीको तयारी छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई कात्तिक २३ गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले १२ करोड रुपियाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया