जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा वाकाथन आयोजना गरेको छ । ५ सय भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो । वाकाथनको अन्त्यमा लैगिक हिंसा विरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाहले भने,‘१६ दिने अभियानले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउने मञ्च दिन्छ । अहिले पनि लगभग हरेक सबै क्षेत्रका महिलाहरू दुव्र्यवहारको शिकार बन्न बाध्य भएका छन् । यी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरूमार्फत हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसामा परेकाहरुलाई सहयोग गर्ने, लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ काम गर्ने र महिला अधिकारको लागि काम गरिरहेका सम्पूणर् साथीहरु एकताबद्ध भएर काम गर्ने कुरामा जोड दिनेछौँ ।’

प्रतिक्रिया