‘क्वालिफाइड लिडर’ गगन थापा

डा.स्वर्णिम वाग्ले

सानो रोग लाग्नासाथ घर–खेत बेच्न नपर्ने त्यो सामाजिक सुरक्षाको प्रयाभूति देखाउने खालको युनिफाइड हेल्थ केयर सिस्टमको जग गगन थापाले सात महिनामै बसाएका हुन् । उनलाई फेरि पनि मन्त्री, उप–प्रधानमन्त्री, प्रधानमन्त्री पनि बनाउन सकियो भने, यसले पाँच वर्षभित्र मूर्त आकार लिन्छ जस्तो मलाई लाग्छ । अहिले भइराखेका विकृतिलाई हामीले सुधार गर्ने, नयाँ–नयाँ कम्पोनेन्टमा घुसाएर धान्न सकिने, नेपालजस्तो गरिब मुलुकले पनि धान्न सक्ने खालको सामाजिक सुरक्षाको संरचना हामी बनाउँछौँ । बनाउन सक्ने आत्मविश्वास पनि हामीमा छ ।

पछिल्ला दिनमा गगन थापाले एक किसिमको राजनेताको झलक आउने व्यवहार पनि देखाइरहेका छन् । र मलाई लाग्छ निकट भविष्यमै एउटा युवा प्रधानमन्त्रीका रूपमा जनताले पाउनेछन् । एकीकृत स्वास्थ्य बिमा (युनिफाइड हेल्थ इन्सोरेन्स) को आकृति गरिब देशले पनि धान्न सक्छ । यो काम गर्न सकिन्छ भन्ने भिजन गगन थापाहरूले नै सुरु गरे र यसलाई कार्यान्वयनमा लगे । त्यसलाई मूर्त रूप दिनका लागि फेरि पनि यस्तै बुझाइ भएको नेतृत्व आउनुपर्छ । र बिपी कोइरालाको समाजवादी परिभाषा पनि हामीले त्यसैगरी पुनव्र्याख्या गरिराखेका छौँ ।

सानो रोग लाग्नासाथ घर–खेत बेच्न नपर्ने त्यो सामाजिक सुरक्षाको प्रयाभूति देखाउने खालको युनिफाइड हेल्थ केयर सिस्टमको जग गगन थापाले सात महिनामै बसाएका हुन् । उनलाई फेरि पनि मन्त्री, उप–प्रधानमन्त्री, प्रधानमन्त्री पनि बनाउन सकियो भने, यसले पाँच वर्षभित्र मूर्त आकार लिन्छ जस्तो मलाई लाग्छ । अहिले भइराखेका विकृतिलाई हामीले सुधार गर्ने, नयाँ–नयाँ कम्पोनेन्टमा घुसाएर धान्न सकिने, नेपालजस्तो गरिब मुलुकले पनि धान्न सक्ने खालको सामाजिक सुरक्षाको संरचना हामी बनाउँछौँ । बनाउन सक्ने आत्मविश्वास पनि हामीमा छ ।

कोभिडकै बेलामा पनि गगन थापाको भूमिका तपाईंहरूले देख्नुभयो । केपी ओलीको दुईतिहाइको प्रचण्ड बहुमत आएको एक किसिमको निरंकुश प्रवृत्ति कुनै रोकटोकबिना कुनै अंकुश, संवैधानिक निकायहरू पनि भुत्ते भइराखेको अवस्थामा चाहिँ उनले जसरी संसद्मा एक्लै उभिएर त्यस्तो शक्तिशाली सरकारलाई पनि उत्तरदायित्व बनाउने काम गरे ।

जनताको पक्षमा यही सरकारसँग पनि मिलेर यी–यी काम गर्न चाहान्छु भनेर उद्घोष गरे । त्यसैले उनी एउटा ‘स्टेटसम्यान इन द मेकिङ’ जस्तो मलाई लाग्छ । नेताका रूपमा उनी स्थापित भइसके । उनीसँग जुन भिजन छ, टिम छ, हामीहरू जस्ता मान्छे आबद्ध छौँ – त्यो अलायन्सले यो देशलाई देखिनेगरी पाँच वर्षभित्रमा नै हामीले एउटा मोमेन्टम ल्याउँछौँ । आर्थिक समृद्धि, समन्यायिक न्यायका सिद्धान्त र मुख्यतः हामी बिक्दैनौँ । हामीलाई कसैले किन्न सक्दैन । हामीलाई कसैले म्यानीपुलेट गर्न सक्दैन । हामी कसैको गोटी बन्दैनौँ किनकि हामी आफैँ सक्षम छौँ ।

हाम्रो यो सबलीकरणको एजेन्डा, स्वतन्त्रताको एजेन्डा, सक्षमताको एजेन्डा जुन मानव विकासको एउटा ‘कोर कम्पोनेन्ट’ पनि हो । त्यसलाई अहिले नेपाली कांग्रेसको संकल्प पत्रमा पनि हामीले सैद्धान्तिक रूपमै मूल प्रवाहीकरण गरेका छौँ, समावेश गरेका छौँ । त्यो एजेन्डामा एउटा फ्रेस भिजनमा टेकेर, नयाँ नेतृत्वले यो मुलुकले अगाडि बढाउन सक्छ ।

यो प्रक्रियाको नेतृत्व हाम्रो पुस्ताका नेता गगनकुमार थापाले गर्छन् । उनलाई इनेबल गर्ने, उनलाई बल पु¥याइदिने काम हामीले गर्नुपर्छ । गगनकुमार थापालाई मैले १५/१६ वर्ष अगाडि देखेको हुँ । उनी आन्दोलनबाट खारिएर आएका नेता हुन् । ०६२/६३ सालमा विद्यार्थी मोर्चाहरू सम्हाल्नुभएका सिर्जना अधिकारी, गगनकुमार थापा, प्रदीप पौडेलहरूले नै काठमाडौंका सडकहरू तताएका हुन् ।

त्यतिबेलाको आन्दोलनको अग्रमोर्चामा रहेर के–को लागि भन्दा, पहिला व्यवस्था परिवर्तन गरौँ । व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्नुपर्छ । जीवनस्तरलाई उकास्नका निम्ती प्रणाली नै सुधार गर्न सकिएन भने अरू कुराहरू तपसील हुन जान्छन् । यी फुटनोटमा रहन्छन् । त्यसैले त्यो चरणबाट हामीले पार गर्यौँ । प्रसव वेदनासहितको एउटा संविधान लेखनको प्रक्रियामा पनि हामी होमियौँ । झण्डै एक दशक लगाएर एक थान संविधान बनाएका छौँ ।

अहिले नै यसलाई कमजोर बनाउनेतर्फ हामी नलागौँ । केही गुनासाहरू छन् । प्रदेश सरकारको हकमा यो कत्तिको बोझिलो भयो ? धान्न सकिन्छ कि सकिन्न ? भन्ने कुराहरूमा । अलिकति त्यसमा केही यथार्थ पनि छन् । कतिमा भ्रम पनि छरिएको छ । तर, यो भद्दा खालको संरचनालाई हामीले चुस्त बनाउनैपर्छ । त्यसमा नेपाली कांग्रेसले आफ्नो संकल्पपत्रमा उल्लेख गरेको छ । त्यसलाई यसरी सम्बोधन गर्छौं । त्यसलाई किफायती बनाउँछौँ । संसद्को आकार, मन्त्रिपरिषद्को आकारहरू, सिंहदरबारमा जे–जे छन्, त्यही कुराहरू मल्टिप्लाई गरेर प्रदेशमा पनि सात वटा नेपाल बनाउने खालको कुरा हामीले गर्यौँ । त्यसलाई हामी रोक्छौँ ।

अवस्था परिवर्तनको एजेन्डाका लागि पुराना खालका नेताहरूलाई ससम्मान बिदाई गर्ने, उहाँहरूले नेपाललाई जहाँसम्म लिएर आउनुभएको छ, त्यसका लागि पनि धन्यवाद दिने । अबको नयाँ यात्राचाहिँ नयाँ पुस्ताबाटै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौँ । मलाई लाग्छ, गगन थापा यो आन्दोलनबाट खारिएका व्यक्ति हुन् ।

उनलाई मैले ०६२/६३ को आन्दोलनबाटै चिनेको हुँ । पछि उनी सांसद भइसकेपछि संसदीय उपसमितिहरू, जलस्रोतसम्बन्धी समितिहरू, संसद्को खास काम भनेको कमिटीहरूमा गर्ने हो । हामीलाई के भ्रम छ भने समाचार हेर्छौं । एक मिनेटको क्लिप्स आउँछ । दुई मिनेटको बाइट आउँछ । ढ्याप, ढ्याप पारेका हुन्छन् । यहि रहेछ सांसदको काम भन्ने लाग्छ ।

तर, संसद्मा हरेक ढंगले विधेयकहरूलाई दफा–दफा, हरफ–हरफ केलाएर, केरकार गरेर त्यो जवाफदेहिता, उत्तरदायित्व लिने काम गर्छ । असल सांसदहरूले आफ्नो धर्म निभाउने हो भने त त्यस्ता कामहरू, राम्रा कामहरूको जगमा मुलुकको समुन्नतिको यात्रा प्रारम्भ गर्न सकिन्छ भन्ने कुरा त विश्वले नै प्रमाणित गरिसकेको छ । बनेका मुलुकहरूले देखाएको बाटो पनि यही हो ।

त्यो कृषि, जलस्रोतका समितिमा उनले गरेका तयारी, विज्ञहरूसँग गरेका सरसल्लाहहरू लिएर कसरी नयाँ कुरा पस्किन सकिन्छ । अहिले भइरहेका बेथिति, अड्चनहरूलाई कसरी फुकाउन सकिन्छ भन्नेबारे गम्भिरताका साथ उनले गर्ने कामले मलाई धेरै नै प्रभावित पा¥यो । नेपाल बनाउन सकिन्छ, नेपाल बनाउनुपर्छ । लाइक–माइन्डेड युवाहरूको गठबन्धन नै हामीहरूले बनाउँ । अबको १०/१५ वर्ष भनेर हाम्रो अघोषित अलायन्स बनेको त्यतिखेर देखि नै हो ।

उनी तयार छन्, उनी तत्पर छन्, उनी क्वालिफाइड छन् । म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनी सात महिना मात्र स्वास्थ्यमन्त्री भए । यो देशलाई युनिफाइड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्नेबारे यति गहिरो होमवर्क गरे । त्यसपछिका सारा नीतिगत कुराहरू उनले बनाइदिएको मास्टर प्लानमै हिँडिराखेका छन् ।

तर, हाम्रो संकीर्ण राजनीतिले गर्दा कहिलेकाहीँ यो त गगन थापाले बनाएको रे, यसलाई अगाडि बढाउँदिन भनेर उनले ल्याएका कुराहरूलाई ‘साबोटाज’ गर्ने कदम पनि चालिएका छन् । जस्तो स्वास्थ्य बिमाको कुरामा पाइलटिङ भयो । बाग्लुङमा ग¥यौँ । इलाममा ग¥यौँ । कैलालीमा गर्यौँ । त्यसलाई विस्तारै बृहत् पारेर सानो उपचार गर्न नसक्दा पनि घरखेत नै बेच्नुपर्ने खालको जुन अवस्था छ । हामीले आधुनिक समाजवादमा त्यस्तो गर्न नपरोस् भन्ने अवस्थामा लग्नुपर्छ ।

(राजधानीमा आयोजित एक कार्यक्रममा डा.वाग्लेले गरेको सम्बोधनको सम्पादित अंश)

प्रतिक्रिया