फेरि सुरु भयो ओलीको किचलो

अनुषा थापा

ओली न अब सरकारमा जान सक्छन् न एमालेलाई जनताले अर्को चुनावमा भोट दिन्छन् । पाँच वर्ष पछिको चुनावमा एमालेले यति पनि ल्याउन सक्दैन । मदन भण्डारी, मनमोहन अधिकारी र एमालेका लाखौँ कार्यकर्ताले संघर्ष गरेर स्थापना गरेको पार्टीलाई ओलीले चकनाचुर बनाइदिए । ओली आउनुअघि एमाले निकै बलियो पार्टी थियो । तर, अध्यक्ष भएर आएका ओलीले एमालेलाई सखाप पारिदिए ।

नेकपा एमालेका वरिष्ठ भनिएका नेताहरू यसपटकको चुनावमा पराजित भए । महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महेश बस्नेत, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ लगायतका नेताहरूले हार बेहोर्नुप¥यो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारणले यिनीहरू हारेको भनेर यतिखेर बहस चलेको छ । दुईचोटि संसद् विघटन गरेका ओलीका कारण एमालेका शीर्ष नेताहरूले हारे ।

अध्यक्षको घमण्डका कारण आफूहरूले जित गुमाउनुपरेको भनी यतिखेर पार्टीभित्रै बहस चलेको छ । उनलाई पार्टीको अध्यक्षबाट हटाउनुपर्ने माग उठेको छ । पार्टीले यत्रो हार खाएपछि ओलीले नैतिकताको आधारमा पनि अध्यक्षबाट राजीनामा दिनुपथ्र्यो । ओलीको दायाँबायाँ हिँड्ने नेताहरू गोकुल बाँस्कोटा बाहेक सबै पराजित भएका छन् । जनताले उनीहरूलाई सही ठाउँ देखाइदिएका छन् ।

ओली अब एक्लो छन् । एमालेमा जति पनि चुनाव हारेका नेता छन्, उनीहरूले ओलीमाथि औँला उठाउन थालेका छन् । उनको घमण्डले गर्दा आफूहरूले चुनाव हारेको भन्दै ती नेताहरू बोल्न सुरु गरेका छन् । एमाले अब धेरै वर्ष पछि धकेलिएको छ । चुनाव हार्नेहरूले अबको दुई कार्यकाल आफूहरूले चुनाव नजित्ने पत्तो पाइसकेका छन् । ओलीको उखान टुक्का सुनेर दंग पर्ने जनताहरू अहिले उनको आवाज सुन्न पनि चाँहदैनन् ।
जनतालाई भ्रममा राखेका ओलीको उखान टुक्काको अर्थ थाहा पाइसकेपछि जनताले उनलाई नंग्याइदिए । यस अघिको चुनावमा नेकपा माओवादी केन्द्रलाई भ¥याङ बनाएर सत्तामा पुगे । फेरि पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई फकाउन थालेका छन् । आफू हार्ने देखेपछि प्रचण्डलाई फोन गरेर सरकारमा जाने ओलीले सुरसार कसेका छन् ।

प्रचण्ड जतातिर ढल्किए, सरकार उसैको बन्छ । कांग्रेसतिर ढल्किए कांग्रेसको नत्र भए एमालेको । प्रचण्ड प्रधानमन्त्रीको कुर्सी छोप्ने दाउमा छन् । ओलीले चुनावपछि आफू प्रधानमन्त्री हुन्छु, सत्ता मेरो हातमा आउँछ भनेर सपना देखेका थिए, यो जनताले पूरा गरिदिएनन् । ओलीसँग देश र जनताका लागि काम गर्ने क्षमता छैन भन्ने कुरा थाहा पाएपछि जनताले एमालेलाई यो ठाउँमा राखिदिए ।

ओलीले संसद् विघटन गर्नुको साटो प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाहिर आएको भए अहिले एमालेको बहुमतको सरकार आउँथ्यो । सबैभन्दा ठूलो पार्टी एमालेलाई ओलीले यस्तो नाजुक अवस्थामा पु¥याए । ओलीले पार्टीलाई तहसनहस बनाएर छोडे । कि चुनाव हारेका जतिले ओलीलाई अध्यक्षको पदबाट हटाउँछन् । कि पार्टी फुटाएर आफ्नो छुट्टै नयाँ पार्टी खोल्छन् ।

ओली न अब सरकारमा जान सक्छन् न एमालेलाई जनताले अर्को चुनावमा भोट दिन्छन् । पाँच वर्ष पछिको चुनावमा एमालेले यति पनि ल्याउन सक्दैन । मदन भण्डारी, मनमोहन अधिकारी र एमालेका लाखौँ कार्यकर्ताले संघर्ष गरेर स्थापना गरेको पार्टीलाई ओलीले चकनाचुर बनाइदिए । ओली आउनुअघि एमाले निकै बलियो पार्टी थियो । तर, अध्यक्ष भएर आएका ओलीले एमालेलाई सखाप पारिदिए ।

०७१ सालमा ओलीले पार्टीको अध्यक्ष जित्नु नै एमालेको लागि ठूलो दुर्भाग्यको कुरा भयो । यता, देशले पनि नपाउनुसम्म दुःख पायो । अहिलेको चुनावमा जनताले दिएको मत हेर्दा बहुमतको सरकार कसैको पनि बन्दैन । मिलीजुली सरकार बन्छ । पाँच वर्षमा संसद्भित्र खिचडी पाकिरहन्छ । ऐनकानुन बन्न सक्दैन । विकासको कामले रफ्तार लिन सक्दैन ।

०६४ सालको निर्वाचनमा जनताले माओवादीलाई त्यत्रो भोट दिए । १ सय २१ क्षेत्रबाट माओवादीले प्रत्यक्षतर्फबाट जित हासिल गरेको थियो । तर, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति दिएनन् । यता, नेपाल संविधान बनाउन पनि माओवादी असमर्थ रह्यो । जसको फल आजसम्म माओवादीले पाइरहेको छ । त्यसपछि माओवादीले निरन्तर हार खाइरहेको छ । ओलीले पनि ठ्याक्कै त्यस्तै गल्ती गरे । ओलीले संसद् विघटन नगरेर सरकारबाट बाहिरिएको भए आज यस्तो अवस्था आउँदैनथ्यो ।

ओलीले जहिले पनि व्यक्तिगत स्वार्थका लागि काम गरे । आफूभन्दा माथि जनता छन् भनेर उनले कहिले पनि सोचेनन् । सरकारमा बस्दा उनले जे जति काम गरे त्यो सबै उनको आफ्नो हितको लागि मात्र थियो । जसले गर्दा एमालेको यस्तो हालत भयो । एमालेका जति नेताहरूले चुनाव जितेका छन्, त्यो व्यक्ति हेरेर जनताले दिएको भोटको नतिजा हो । पार्टी हेरेको भए त्यति पनि आउँदैनथ्यो ।

ओलीलाई ‘बा’ भनेर दायाँबायाँ गर्ने महेश बस्नेतले चुनाव हारिसकेका छन् । काम केही नगर्ने अनि ओलीको अघिपछि गर्नेलाई त जनताले सही ठाउँ देखाइदिए । तर, ७० करोड भ्रष्ट्राचारको आरोप लागेका गोकुल बाँस्कोटाले चुनाव जिते । उनले ओलीको गुनगान गाउनुको साटो जनताका लागि काम गरे । आरोप लाग्दैमा व्यक्ति भ्रष्ट्राचारी हुँदैन भन्ने कुरा त जनताले पनि मूल्यांकन गरेका रहेछन् ।

ओलीको मुख हेरेर होइन, बाँस्कोटाको काम हेरेर काभ्रेका जनताले भोट दिए । ओलीलाई जनताले अलिकति पनि रुचाउँदैनन् । उनी भिजन, क्षमता नभएका व्यक्ति हुन् भन्ने त प्रष्टै भइसकेको छ । जनताले उनलाई फटाहा भनेर चिन्छन् । जनताले भोट दिएर ओलीको पहिलो पार्टी बनेको भए अर्थमन्त्री युवराज खतिवडा हुन्थे । किनकि जनताले भोट दिएका व्यक्तिलाई ओलीले मन्त्री बन्नै दिँदैनन् ।

ओलीको गुलामी गर्न सक्ने, अघिपछि गर्नेलाई सांसद् नै नभए पनि मन्त्री बनाउने प्रवृत्ति एमालेमा छ । ओलीले प्रचण्डलाई प्रधानमन्त्री खानुस् र अन्य मन्त्रालय आफूलाई दिनु भन्नुबाहेक केही पनि विकल्प छैन । कि त प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासामु पनि यही प्रस्ताव राख्नुप¥यो । ओली कुनै पनि हालतमा अबको पाँच वर्ष प्रधानमन्त्री हुन सक्दैनन् ।

उनी प्रधानमन्त्री हुने जम्मै ढोकै बन्द भइसकेको छ । देशको प्रधानमन्त्रीको लाइनमा शेरबहादुर देउवा र प्रचण्ड छन् । यी दुईबाहेक अन्य कोही पनि प्रधानमन्त्री बन्न सक्दैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै सिद्धान्त पनि छैन, गन्तव्य पनि छैन । हिन्दू राज्य ल्याउन सम्भव छैन । यता, संघीयता खारेज गर्न पनि सक्दैनन । ऐन परिवर्तन गर्नुप¥यो भने बहुमत पुग्दैन ।

सदनमा सरकारले ल्याएको ऐनकानुनमा कि ताली पिट्ने कि विरोध गर्ने । यो बाहेक यिनीहरूको केही काम छैन । दुई दिन नेताहरूलाई गाली गरेर माथि आउँछु भनेर सोच्नु बेकार छ । पाँच वर्षपछि यिनीहरूको पत्तासाफ हुन्छ । सदनमा यिनीहरूको केही काम नै छैन । सरकारी गाडी चढ्ने, ठेक्कापट्टा मिलाउने, यताबाट उता गर्नेबाहेक यिनीहरूले केही गर्न सक्दैनन् ।

रवि लामिछानेले सरकारमा जानका लागि खुट्टा उचालिसकेका छन् । राप्रपा र रास्वपाले हामीलाई यो मन्त्रालय चाहिन्छ भनेर एमाले र कांग्रेससँग बार्गेनिङ गर्छन् । अब कि साना दललाई विपक्षी बनाएर कांग्रेस र एमाले मिलेर सरकार बनाउनुप¥यो । नत्र भए प्रधानमन्त्री आधाआधा खाने भनेर प्रचण्ड र ओलीले सम्झौता गर्नुप¥यो । देउवा र प्रचण्डले पनि सहमति गर्न सक्छन् ।

तर, शक्तिको केन्द्रमा प्रचण्ड बसेका छन् । जनताले जे सोचेर मतदान गरे, त्यो पूरा हुन असम्भवझैँ छ । जनताले महँगी घट्ला, सेवासुविधा पाइएला, विकास होला भन्ने अपेक्षा राखेर मतदान गरेका छन् । त्यो अब घट्ने होइन्, झन्झन् बढ्छ । सांसद् खरिदबिक्री हुन थाल्छ । सरकारको किचिलोको कारण सोचेअनुरूप काम हुन सक्दैन । नयाँ सरकार आएपछि अशान्ति बढ्छ ।

संकट झनै वृद्धि हुँदै जान्छ । सरकार नै दरो नभएपछि उद्योग, कलकारखानामा कसैले पनि लगानी गर्दैनन् । बैंक फाइनेन्स समस्याग्रस्त हुन्छ । निर्वाचन आयोगले मतपरिणाम बुझाएको एक महिनाभित्रमा सरकार गठन भइसक्नुपर्छ । आयोगले मंसिर २२ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम बुझाउने भनेको छ ।

एक महिनाभित्र सरकार बनाउन सकेन भने पहिलो दल बनेको पार्टीले सरकार बनाउनुपर्छ । नत्र भए दुई दल मिलेर सरकार बनाउनुपर्छ । त्यो पनि भएन भने चुनाव जितेर आएको केही काम लाग्दैन । संसद् आफैँ विघटन हुन्छ । सरकार नै नबनिकन यो संसद् भंग हुने सम्भावना देखिएको छ । सरकार बनाउनका लागि ओलीले प्रचण्डलाई पहल गरे पनि उनले चासो देखाएका छैनन् ।

किनकि प्रचण्डलाई ओलीमाथि अलिकति पनि विश्वास छैन । यिनीहरूले देशलाई लगेर झन् ठूलो भड्खालामा जाक्ने भए । निर्वाचन गराउनका लागि १० खर्बभन्दा बढी रकम खर्च भएको छ । तर, यो खेर जाने देखिएको छ । जनताले तिरेको कर बालुवामा पानी हालेसरह भयो । किनकि देशले कहीँकतैबाट गति लिने अवस्था देखिँदैन । मुलुकलाई यो हालतमा पु¥याउने ओली नै हुन् । एमाले नफुटाएको भए, संसद् विघटन नगरेको भए आज मुलुकको अवस्था यस्तो हुँदैनथ्यो ।

प्रतिक्रिया