‘कस्टडी’ मा नागाको नयाँ लुक

मुम्बई । दक्षिण भारतीय अभिनेता नागा चैतन्यको आगामी चलचित्र ‘कस्टडी’ को फस्र्ट लुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता चैतन्यको ३६औं जन्मदिनको सन्दर्भ पारेर निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा नागा चैतन्यलाई पुलिस ‘कस्टडी’ मा देखाइएको छ । उनलाई पुलिसकर्मीले बन्दुक ताकेका छन् । पोस्टर सार्वजनिक गरिए पनि चलचित्रको प्रदर्शन मिति तोकिएको छैन । त्यस्तै, अहिलेसम्म मुख्य अभिनेत्रीको बारेमा पनि जानकारी दिइएको छैन ।

वेंकेट प्रभुले निर्देशन गरेको एक्सन चलचित्रमा श्रीनिवास चित्तुरीको लगानी रहेको छ । यो चलचित्र तमिल र तेलुगूमा प्रदर्शन हुने जनाइएको छ । सन् २००९ मा दक्षिण भारतीय चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका अभिनेता नागाले सन् २०२२ मा अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर खानको चलचित्र ‘लाल सिंह चड्डा’ बाट बलिउडमा डेब्यु गरेका थिए । उनी दक्षिण भारतीय अभिनेता नागार्जुन अक्किनेनीको छोरा हुन् ।

प्रतिक्रिया