डडेल्धुरामा प्रदेशसभातर्फ ताराप्रसाद जोशी विजयी

चुनावअघि नेकपा एकीकृत समाजवादीका नेता रहेका जोशीलाई गठबन्धनमा टिकट नमिलेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन् । प्रदेशसभा क्षेत्र (२) मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई पराजित गर्दै जोशी विजयी भएका हुन् । बोहरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुन् ।

निर्वाचनमा जोशीले ११ हजार १६२ मत पाएका छन् भने बोहराले १० हजार ७३७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार गजेन्द्रबहादुर शाहीले १ हजार ५३५ मत पाएका छन् । चुनावअघि नेकपा एकीकृत समाजवादीका नेता रहेका जोशीलाई गठबन्धनमा टिकट नमिलेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया