अब आफ्नो परिवार एकतावद्ध पार्ने नलिनीको भनाई

राजीव गान्धी हत्या

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहर भएकी नलिनी ३२ वर्षपछि जेलबाट रिहा भएकी छिन् । गत साता सर्वोच्च अदालतले यस मुद्दामा आजीवन कारावासको सजाय भोगिरहेका नलिनी र आरपी रविचन्द्रनलगायत सबै दोषीलाई रिहा गर्न आदेश दिएको थियो ।

यो आदेश आएको एक घण्टा नबित्दै नलिनीसहित बाँकी दोषी पनि जेलबाट बाहिर आएका थिए । यी छ जना दोषीमध्ये चार – सन्थान, मुरुगन, जयकुमार र रोबर्ट पायस श्रीलंकाका थिए जसलाई विशेष शिविरमा लगिएको थियो ।

बीबीसीसँगको विशेष कुराकानीमा उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नलिनीले अब आफ्नो परिवारलाई एकताबद्ध बनाउने र पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेतर्फ ध्यान दिने बताइन् ।

नलिनी आत्मघाती टोलीको सदस्य भएको आरोपमा दोषी पाइयो र अन्य तीन दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

तर सोनिया गान्धीको अपीलपछि उनको सजायलाई आजीवन कारावासमा परिणत गरियो । त्यसपछि उनी रिहाइका लागि कानुनी लडाइँ लड्दै आएकी थिइन् ।
जेल जानुअघि यी सबै कुरा बारेमा आफूलाई केही थाहा नभएको नलिनी बताउँछिन्, ‘रिमाण्डमा लिएर छुट्टै कक्षमा राख्दा म निकै डराएको थिएँ ।’

म धेरै रोएँ । कोलाहल मच्चियो । म बाहिर दौडिएँ । अधिराइ र मेरी आमा नजिकैको सेलमा थुनिएका थिए, उनीहरू पनि निकै डराएका थिए । मेरो अवस्था देखेर उनीहरु पनि रुन थाले ।

तर उसले मलाई भित्र पस्न फकाए । मैले राइफल बोकेका सीआरपीएफ जवानहरूलाई उनीहरूले ‘हामीलाई गोली हानेको भए राम्रो हुन्थ्यो’ भनेँ ।’

प्रतिक्रिया