अफिसमा नै सुत्न बाध्य छन् एलन मस्क

वासिंगटन । विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्क पछिल्लो समय अफिसमा नै रात बिताइरहेका छन् । मस्कले सोमबार आफ्नो एक ट्वीटमा उनी सान फ्रान्सिस्कोस्थित ट्विटर हेडक्वार्टरमा नै सुतिरहेका बताए ।

उनको यो ट्वीट ती खबरबीच सार्वजनिक भएका छन् जसमा भनिएको छ कि ट्विटरकर्मी नयाँ मालिकको डरले अफिसमा नै सुत्न बाध्य छन् । मस्क यसकारण अफिसमा सुतिरहेका छन्बि जनेस इनसाइडरको रिपोर्ट अनुसार ट्विटरको कमान सम्हालेपछि नै एलन मस्क यसलाई नयाँ रुप दिनका लागि परिवर्तनका लागि चर्चामा छन् ।

उनका केही निर्णयको आलोचना पनि भयो । मस्कको अपरेशन क्लिनबाट बच्नका लागि कम्पनीका कर्मचारी राती अफिसमा नै सुतिरहेको भन्ने खबर आएको थियो । तर कर्मचारी मात्रै होइन, ट्विटरका मालिक आफैँले आफूपनि अफिसमा नै रात बिताइरहेको स्वीकार गरेका छन् ।

यसको कारण बताउँदै उनले आफ्नो ट्वीटमा लेखे, ‘जबसम्म कम्पनीमा सबैकुरा ठिक हुँदैन म ट्विटर हेडक्वार्टरमा सुत्ने छु ।’ यद्यपि, उनले यो ट्विटलाई पछि डिलिट पनि गरे । माइक्रोब्लगिङ साइट ट्विटरको कमान सम्हालेपछि एलन मस्कले एकपछि अर्को ठूलो कटौती गरे र यसैबीच जुन कर्मचारी कम्पनीमा बाँकी भए उनीहरुलाई वर्क डेडलाइन दिइयो ।

सोसल मिडिया कम्पनीको टेकओभर गरेको हप्तादिन पछि नै एउटा तस्बिर निकै भाइरल भइरहेको थियो जसमा कथित रुपमा एक ट्विटर अधिकारीलाई अफिसमा नै स्लिपिङ ब्यागमा सुतिरहेको देखाइएको थियो । यद्यपि, यो फोटो कहिलेको हो र ट्विटरको कुन कार्यालयको थियो भन्न मुश्किल छ ।

प्रतिक्रिया