चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडाैं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

पहिरोमा पुरिएर काभ्रे घर भएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको बताइएकाे छ । पहिरो मध्यराति १२ बजेर ४० मिनेट जाँदा आएको हो ।

अहिले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा नागढुंगा प्रहरी प्रभाग, सशस्त्र प्रहरीको नीलबाराही गण र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ । शुक्रबार बिहान ६ः४० बजे मेसिन लगाएर शव निकालिए हाे । अहिले मौसम खुलेको र पहिरो जाने क्रम पनि रोकिएको स्थानीयले बताए ।

प्रतिक्रिया