यसपटक दसैँमा पूर्वराजाले नागरिकलाई टीका नलगाइदिने

काठमाडौं । यसपटक दसैँमा पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपीठको दर्शन नगर्ने र सर्वसाधारणलाई टीका पनि नलगाइदिने भएका छन् । पूर्वराजा शाहले निर्मल निवासबाटै शक्तिपीठप्रति भक्तिभाव प्रकट गर्ने कार्यक्रम रहेको ज्ञानेन्द्रको सचिवालयका तर्फबाट फणि पाठकले जानकारी दिएका छन् ।

पूर्वराजाको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखिबक्सी यसपालि शक्तिपीठको दर्शन नगरिबक्सिने तर निवासबाट भक्तिभाव राखिबक्सने तथा सार्वजनिक टीका कार्यक्रम पनि नगरिबक्सने भएको छ ।’

प्रतिक्रिया