विश्व स्वास्थ्य संगठनले दियो प्रहरीलाई ४० थान ब्रेथलाइजर

काठमाडाैं । विश्व स्वास्थ्य संगठन नेपाल शाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रवार बिहान आयोजित कार्यक्रममा मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रुपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायव महानिरीक्षक वसन्तबहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरे ।

दशैं, तिहार, छठलगायतका ठूला पर्वहरूमा सवारी चालकले मादक पदार्थ सेवन गरे–नगरेको परीक्षण गर्न बेथलाइजर प्रदान गरिएको हो । ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ ।
सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने प्रहरी नायव महानिरीक्षक कुँवरले बताए ।

प्रतिक्रिया