एसियन कप छनोटका लागि यू१७ टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू१७ एसियन कप २०२३ को छनोटको लागि नेपालको युवा टोलीको घोषणा गरेको छ । युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा हुने छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक श्रेष्ठले श्रीलंकामा भएको साफ च्याम्पियनसिपपछि १६ सेप्टेम्वरदेखि ३० खेलाडीलाई समेटेर पुनः प्रशिक्षण थालेको थियो । यू१७ साफमा समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेपनि फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपाधिविहीन बनेको थियो ।

प्रशिक्षक श्रेष्ठले घोषणा गरेको टोलीमा साफमा रहेका दुई खेलाडी बाहिरिदा दुई नयाँ खेलाडी भित्रिएका छन् । प्रितम कार्की र मिराक लिङ्देन बाहिरिदा राम थापा र श्रीयन्स मानन्धरले मौका पाएका छन् ।

नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । भियतनाममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समूहमा घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई रहेका छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।

नेपाली यू १७ टोली

गोलकिपर – समिर चन्द, रुबिन बोगटी र कृशल मोक्तान
डिफेन्डर – मदन पौडेल, युनिश मगर, दिपक थापा मगर, निशान्त तामाङ, विक्रम तामाङ, सिमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा र राम थापा

मिडफिल्डर – मिडफिल्डर – हरिशराज भट्ट, प्रशान्त लक्षम, विनोद केसी, श्रीयन्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनेश बुढाथोकी, लच्छु थापा र धनसिंह विक

फरवार्ड –सिजल राई र सुवास बम

प्रतिक्रिया