समानुपातिक तर्फको बन्द सूची हेरफेर हुन्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन् । ३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् ।

माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका कार्यक्रममा सहभागी एक नेताले बताए । उनका अनुसार गठबन्धनका दलहरु बीच क्षेत्रको तालमेल तथा सिट संख्याबारे भने थापाले बोलेनन् ।

प्रतिक्रिया