शेखर समूहले चिया‍पान कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले चियापान कार्यक्रमको आयोजना गरेको छ । बिहीबार बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा चिायापन कार्य्रकमको आयोजना गरिएको हो । शेखर समूहले निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै आएको छ । शेखर समूहका नेताहरूले संस्थापन पक्षविरुद्ध विभिन्न गतिविधि गर्दै आएका छन् । आज मात्र उनीहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । आफूहरूले सम्मानजक भाग नपाए गठबन्धनलाई नै हराउने उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया