शेखर समूह धर्नामा : गठबन्धनको नेतृत्व गरेको कांग्रेसलाई छिर्के

काठमाडाैं । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित हुने नदेखिएको भन्दै सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेता कार्यकर्ताले बुधबार पार्टी कार्यालय सानेपामा धर्ना सुरू गरेका हुन् । धर्नामा उक्त समूहको दोस्रो तहका नेताहरूको बाक्लो उपस्थिति छ । दोस्रो तहका नेताहरूले दबाबमूलक कार्यक्रम गरिरहे पनि कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री थापालगायतका शीर्ष नेताहरू पुगेका छैनन् । उनीहरूले यो अभियानबारे सार्वजनिकरूपमा मुखसमेत खोलेका छैनन् ।

काठमाडौं । समानुपतिक सूची र प्रत्यक्ष तर्फको उम्मेदवारीमा एकलौटी गरेको विरोधमारहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरू गरेको छ । बुधबार धर्नापछि आफ्ना माग संबोधन हुने र त्यसो नभएमा चरणवद्ध अरु कार्यक्रम कोषणा गर्ने चेतावनी सो पक्षले दिएको छ । धर्नामा सहभागी नेता गुरुराज घिमिरेले आफूहरूको आन्दोलन न्यायका लागि भएको बताए ।

प्रतिक्रिया