कर्णाली प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरू

कालिकोट । कर्णाली प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता उद्घाटन गरिएको छ । लिंगासैनी युथ क्लबको आयोजनामा सुरू भएको प्रतियोगिताको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, बिकास समाजका लागि’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ ।

प्रदेश स्तरिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा लिंगासैनी युथ क्लवका अध्यक्ष हिक्मतजंग मल्लको अध्यक्षता, संविधान सभा सदस्य तुलाराज बिष्टको प्रमुख आथित्यता तथा सान्नीत्रिवेणी गाउपालिकाका अध्यक्ष महेश केसी र नरहरिनाथ गाउपालिका अध्यक्ष नगेन्द्र बिष्टको विशेष उपस्थिति रहेको थियो ।

यो कर्णाली प्रदेशको अहिले सम्मकै ठुलो पुरस्कार राशिको प्रतियोगिता हो । कर्णाली प्रदेशका १० जिल्लाबाट खेलाडीहरु सहभागी छन् । हिक्मतजंग मल्लका अनुसार प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, २२ हजार, २ सय २२ र द्वितीय हुनेलाई १ लाख, ११ हजार, १ सय ११ पुरस्कार राशि सहित ट्रफि र मेडलको ब्यवस्था रहेको छ । १२ टिम खेलमा सहभागी भएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया