सरकारी अस्पतालमा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) अनेरास्ववियूले माग गर्दै आएको स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट अब विद्यार्थीले पाउने भएका छन् । स्वास्थ मन्त्रालयको असोज ९ गतेकाे मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थीले छुट पाउने भएका हुन् । परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरेकाे सोमबार आरआर क्याम्पसमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले जानकारी दिएकाे छ ।

अनेरास्ववियूका प्रवक्ता मिलन राईका अनुसार अनेरास्ववियूले २०७९ श्रावण ४ गते स्वास्थ सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट माग्दै स्वास्थ मन्त्री भवानी खापुङ समक्ष ज्ञापनपत्र पेश गरेको थियो । साथै गत भदौ ३० गते ध्यानाकर्षण पत्र पेश गरेको गरेको थियो ।

प्रतिक्रिया