यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

काठमाडौं । सरकारले राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनलाई यसअघि मासिक २५ हजार दिइन्थ्यो । त्यसलाई वृद्धि गरी ५० हजार पुर्‍याइएको हो । गएको शुक्रबार बसेको मन्त्रिरिषद्को बैठकको योसहित विभिन्न १३ निर्णय गरेको छ ।

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नर्स उपलब्ध गराउने निर्णय गरिएको छ । विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायत १३ निर्णय मन्त्रिपरिषद्को उक्त बैठकले गरेको छ ।

प्रतिक्रिया