हेटौंडामा रहेकाे सरकारी डाटा सेन्टरमा आगलागी, करोडौंको क्षति

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारको डाटा सेन्टरमा आज आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका –४ को हुप्रचौरमा रहेको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको हो ।

सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेब गौतमले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरीको प्रयासका कारण करिब २ घन्टा पछी नियन्त्रणमा आएको गौतमले जानकारी दिए ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया