राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रमाणीकरण गरेका विधेयकहरू

१ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक

२ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

प्रतिक्रिया