आलियाको हलिउड फिल्मको फर्स्ट लुक रिलिज

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टको पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सार्वजनिक भएको छ। आलिया आफैले सामाजिक सञ्जालमार्फत फर्स्ट लुक सार्वजनिक गरेकी हुन ।

फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन एन्ड कीको फर्स्ट लुक।’
यो फिल्म २०२३ मा नेटफ्लिक्समा रिलिज हुनेछ । टम हार्पर द्वारा निर्देशित यो एक एक्शन थ्रिलर फिल्म हो ।

प्रतिक्रिया