‘प्रेम गीत–३’ को कमाइ डेढ करोड

काठमाडौं । अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रेम गीत–३’ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन यस चलचित्रले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् । उनका अनुसार सीमित सोका बाबजुद पनि ‘प्रेम गीत–३’ ले राम्रो व्यापार गर्न सफल भएको छ । साथै चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रियासमेत पाइरहेको छ ।

प्रतिक्रिया