बेलायती महारानीको अन्त्येष्टि, अतिथिहरू वेस्टमिन्स्टर ऐब्बेमा

लन्डन । वेस्टमिन्स्टर ऐब्बेको ढोका बेलायतको सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अघि खोलिएको छ । राजा चाल्र्स तृतीयले वेस्टमिन्स्टर हलबाट ऐब्बेसम्मको छोटो यात्रामा आफ्नी आमाको कफिनको पछाडि लाभा लस्करको नेतृत्व गर्नेछन् । सन् १९६५ मा सर विन्स्टन चर्चिलपछि आयोजित अन्त्येष्टि समारोह स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुन लागेको हो ।


शोक समारोहको अवसरमा लन्डनले करिब १० लाख आगन्तुकहरूको लागि तयारी गरिरहदा सडक र पुलहरू यातायातका लागि बन्द गरिएको र एक अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । अन्त्येष्टि सुरु हुनुअघि महारानीको कफिन दिनभरि तीन जुलुसमध्ये पहिलो शोभायात्रामा संसद् स्क्वायरमार्फत लगभग ८२० फिटको दूरीमा पठाइनेछ । प्रिन्स अफ वेल्स र ससेक्सको ड्यूक एकपटक फेरि आफ्ना बुबा—राजा चाल्र्सको पछाडि छेउमा हिँड्नेछन् । चाल्र्स भने आफ्ना भाइबहिनीहरू अर्थात् महारानीका चार सन्तानहरूसँगै हिँड्नेछन् ।


महारानीका दुई नातिनातिनाहरु प्रिन्स जर्ज र राजकुमारी चार्लोट पनि जुलूसमा महारानीको कफिनको पछाडि हिँड्नेछन् ।
स्टेट गन क्यारिज (बग्गी)ले कफिन बोक्ने छ जसलाई १४२ नाविकहरूले तान्नेछन् । तीनवटै सैन्य सेवाहरू मिलेर बनेको स्क्वायरमा शाही नौसेना ब्यान्डको साथमा गार्ड अफ अनर हुनेछ । राज्यको अन्त्येष्टिमा दुई हजार शोक गर्नेहरूले महारानीलाई बिदाइ गर्नेछन् । जसमा ५०० गणमान्य व्यक्तिहरू, पाहुनाहरूमध्ये विदेशी राजपरिवारका साथै विभिन्न देशका प्रमुखहरु सहभागी छन् ।

प्रतिक्रिया