सिद्ध सरस्वती विद्यालयलाई कम्प्युटर सहयोग

पाँचथर । कुम्मायक गाउँपालिकास्थित एक विद्यालयलाई कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित सिद्ध सरस्वती माविलाई १४ थान कम्प्युटर सोही ठाउँका स्थानीय गजेन्द्र शेर्माले निःशुल्क हस्तान्तरण गरेका हुन् ।

शिक्षामा गुणस्तरीय प्रविधि मैत्री बनाउन दक्षीण कोरियाबाट सहयोग स्वरुप विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको शेर्माले बताए । उक्त विद्यालयलाई योगदान दिएको भन्दै विद्याध्यालयले शेर्मालाई सम्मान पनि गरिएको छ ।

प्रतिक्रिया