राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुने

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगिता अवार्ड आयोजना गर्ने भएको छ । १८३औं अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समूहले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो ।

२५औं वार्षिकोत्सवका क्रममा समूहले असोज ६ गते काठमाडौंमा विशेष समारोह गरेर प्रतियोगीताका प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागेको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

१८३औं विश्व फोटा दिवसको अवसरमा समूह महासचिव नवराज श्रेष्ठका अनुसार नयाँ तथा पुराना फोटोपत्रकारलाई १६ विधामा अवार्ड प्रदान गर्ने जानकारी दिए । २५ औं वर्षको विशेष समारोहमा सस्थापक सदस्य लगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको शुक्रवार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिक जीवन फोटोपत्रकारिता विधा अवार्ड, महिला फोटोपत्रकारिता अवार्डको पनि घोषणा गरिएको छ ।

अवार्ड सम्मानका अन्य विधाहरुमा, पर्यटन, संस्कृति फोटोपत्रकारिता अवार्ड, आर्थिक फोटोपत्रकारिता अवार्ड, राजनीतिक फोटोपत्रकारिता अवार्ड, मनोरञ्जन फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड रहेका छन् । सातवटै प्रदेशबाट एक÷एकजना उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड तथा सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ ।

राष्ट्रिय फोटोपत्रकार समूहका पूर्व अध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकसहित बढीमा ५ जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिनेछ ।

प्रतिक्रिया