चन्द्रपुर नगर उद्योग बाणिज्य संघको भवन शिलान्यास

रौतहट । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको भवनको शिलान्यास भएको छ । शुक्रबार मधेश प्रदेशसभा सदस्य धनलाल ठोकरले एक कार्यक्रमका बिच संघको भवनको शिलान्यास गरेका हुन ।

चन्द्रपुर नगरमा व्यवसाय गर्ने सबै व्यापारीको सपनाका रुपमा रहेको संघको भवन निर्माण हुँदा व्यवसायीक प्रबर्दन हुने बताउँदै प्रदेशसभा सदस्य ठोकरले नवनिर्वाचित कार्यसमितिको भवन निर्माण गर्ने योजनाको प्रशंसा गरेका छन् ।

तीन करोड ५० लाखको लागतमा बन्ने भवन ४ तलाको हुनेछ भने भवन नगरपालिकाको मापदण्ड अनुसार बन्ने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले जानकारी दिए । अध्यक्ष सापकोटाका अनुसार भवन अपांग मैत्री, भुकम्पमैत्री र अत्याधुनक हुनेछ भने भवनमा बस्तुगत संघ—संस्थाको कार्यालय, सभाहल, बैठक कक्ष रहनेछन् ।

अध्यक्ष सापकोटाले भवन आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाउँदै समग्र व्यवसाय र व्यवसायीका हितका लागी संघ लागिपर्ने बताएका छन् ।

प्रतिक्रिया