कर्जा सुरक्षण कोष र एनसिसि बैंक सम्झौता

काठमाडौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैक वीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र एनसिसि बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा कोषको नायव प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु बैकका महाप्रवन्धक एवं प्रवन्धकहरको उपस्थिती रहेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर भए संगै एनसिसि बैकको साना तथा मझौलता उद्यम कर्जा र कृषि कर्जा अन्तर्गत प्रवाह गरेको १ करोड रुपैया सम्मको लगानी कोषमा सुरक्षित हनुेछ भने कोषको पूर्व स्वीकृतिमा १ करोड माथि ३ करोड रुपैया सम्मको कर्जा समेत कोषले सुरक्षित गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया