स्वदेशी वस्तुको वजारीकरणमा सहयोग गर्न सरकार तयार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन । महिला उद्यमी महासंघ नेपालले बिहीबारदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताएका हुन ।

उनले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताए । ‘स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ’ प्रधानमन्त्री देउवाले भने,‘ स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन सबैलाई अपिल गर्न चाहन्छु ।’

व्यापार मेलाले महिला उद्यमशीताललाई प्रवद्र्धन गर्र्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताए ।

‘मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने छ, महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री प्रवद्र्धन र बजारीकरणका लागि महासङ्घले आयोजना गरेको प्रदर्शनी सिङ्गो नेपाली महिला उद्यमीको व्यावसायिक सञ्जाल र सम्पर्कलाई विस्तार एवं व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान गर्न सहयोग पुग्नेछ’ उनले भने ।

प्रदर्शनीका क्रममा हुने उद्योमी व्यवसायीबीचको अन्तक्र्रिया र आयात निर्यातसँग सम्बन्धित सूचना आदानप्रदानले अन्य मुलुकका उद्यमी व्यवसायीकाबीच व्यापारिक सहकार्य, समन्वय र सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने जनाउँदै उनले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताए । प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत र साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनी हुने कुराबाट आफू खुसी भएको पनि बताएका थिए ।

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पु¥याउँदै रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा पनि गरे । प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । उनले महिला उद्यमशीलता प्रवद्र्धनमा महासङ्घले रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गरे ।

महासङ्घका अध्यक्ष निरु रायमाझी खत्रीले स्थानीय कच्चापदार्थ, सीप, प्रविधि र अनुभवको प्रयोग गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन, त्यस्ता उत्पादनको बजारीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्नेमा जोड दिइन ।
उनले महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन र बजार प्रवद्र्धनमा ध्यान दिन सरकारसँग आग्रह गरीन ।

लगानी भित्र्याउन भारतीय व्यवसायीलाई आह्वान

सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताए । उनले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एक द्धार नीति अबलम्बन गरेको बताए । उनले नेपालको आर्थिक विकासका लागि नेपालको निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । नेपालमा गरिने लगानीका लागि भारत एवं चीनलगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको वताउदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिदै लगानीका लागि आग्रह गरे । उनले सिमेन्ट, खानी, जलविद्युत, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको बताए । ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको वताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए ।

उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका अध्यक्ष ब्रम्हा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको बताए । उनले नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान एवं स्वागतले आफूहरुलाई उर्जा प्रदान गरेको बताए । कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच उर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको थियो ।

प्रतिक्रिया