नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिइरहेका छन् ।

सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया