पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन् । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन ।
हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया