नागरिकता बिधेयक ‘पुनर्बिचार गरियोस्’ भन्ने प्रस्ताव संसदमा छलफल जारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सुझाव सहित संसदमा फिर्ता पठाएको नागरिकता ऐन संशोधनमा पुनर्बिचार गरियोस भन्ने प्रस्ताव संसदको बैठकको कार्यसूचीमा चढेको छ ।

यसअघि सत्ता पक्षले संसदबाट सिधा सो प्रस्ताव पारित गर्न चाहेको थियो । तर, बिहीबार बसेको कार्यब्यबस्था परामर्श समितिको बैठकमा यसलाई दुई बूँदामा संसदमा पेश गर्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री खाँणले नागरिकता बिधेयकमाथि पुनर्बिचार गरियोस भनि प्रस्ताव पेश गर्ने छन् । छलफलपछि यो बिधेयक आजै पारित गर्ने कार्यक्रम रहेको छ । सो पस्तावमा अहिले छलफल जारी छ ।

प्रतिक्रिया