फेसबुकमा बालेन र हर्कको जुहारी

काठमाडौं । स्वतन्त्रबाट चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ ।

धरानका मेयर सम्पाङ केहि दिन अघि काठमाडौं आएर फर्किसकेका छन् । काठमाडौंकोमा रहँदा यहाँको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको उनले बताएका थिए। यहाँको फोहोर व्यवस्थापन नहुनुमा बालेनसँग इच्छाशक्ति कम देखएिको उनको टिप्पणी थियो ।

धरान फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा उनले लेखे-‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे !’

उनको पोष्टमा बालेनले कमेन्ट गरेका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि ‘तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

प्रतिक्रिया