नागरिकता विधेयकविरुद्ध आज नेमकिपाको विरोधसभा

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन् ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ ।

विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।

प्रतिक्रिया