नेपालको टि२० वरीयता घट्यो, विश्वकप खेल्न कठिन

लण्डन । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ । नेपालको वरीयता एक स्थान वरियता घट्दै १४ औं स्थानमा पुगेको छ । नेपाललाई पछि पार्दै आयरल्यान्ड १३ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि नामिबिया र स्कटल्यान्ड १५ औं र १६ औं स्थानमा छन् । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र क्यानडा २० औं स्थानमा छन् ।

वरीयतामा भारत शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् । वेस्टइन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १० औं, जिम्बावे ११ औं र युएई १२ औं स्थानमा छन् । आयरल्यान्डले अफगानिस्तानसँगको पाँच टि२० आई खेलमा चार सकिँदा दुई खेल जितेको छ । त्यसको कारण वरियतामा सुधार गरेको हो । ओडिआईतर्फ भने नेपालको वरियता १९ औं स्थानमा यथावत छ ।

खेलाडीको वरियता

ओडिआई ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख एक सय औं स्थानमा यथावत छन् । ओडिआईको बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३४ औं स्थानमा यथावत छन् । सोमपाल कामी र करण केसीको भने वरियता एक एक स्थान खस्किदै क्रमशः ९४ औं र ९५ औं स्थानमा पुगेका छन् ।

टि२० आईको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्रसिंह ऐरी ४२ औं स्थानमा छन् । आसिफ शेख स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् । टि२० आईको बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ४२ औं स्थानमा उक्लिएका छन् । अभिनाश बोहराले एक स्थान सुधार गर्दै ९४ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ दीपेन्द्र आठौं स्थानमा छन् । नेपालले अब केन्यासँग पाँच टि२० आई खेल खेल्दैछ । पहिलो खेल २५ अगष्टमा हुनेछ । नेपाल २३ अगष्टमा केन्या प्रस्थान गर्नेछ ।

प्रतिक्रिया